• बैशाख २३ २०८३, बुधबार

रञ्जु दर्शनाले गरिन् चुनावमा उठ्ने घोषणा, कहाँबाट उठ्दैछिन् उनी ?

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । रञ्जु दर्शनाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् ।

उनले भनिन्, ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’

काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमालेका ईश्वर पोखरेल २३ हजार २९ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रकाशशरण महतले १३ हजार १ सय ६९ मत पाएका थिए । विवेकशील नेपाली दलका उज्ज्वल थापाले ६ हजार ८ सय ५३ मत पाएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगर प्रमुखका लागि भएको प्रतिस्पर्धामा उनले तेश्रो स्थान पाएकी थिइन् । उनले २३ हजार ४ सय ३९ मत पाएकी थिइन् ।