• बैशाख २८ २०८३, सोमबार

दार्चुलामा एकल महिलाको शरीरमा आगो लगाएर हत्या गरियो

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला दार्चुलामा आगो लगाएर एक जना एकल महिलाको हत्या भएको छ । शैल्यशिखर नगरपालिका–१, बारिलकी ४० वर्षीय अनिभा खडायतको आगो लगाएर हत्या भएको प्रहरीले जनाएको छ ।

घर नजिकैको खरको लुठोमा आगो लगाएर महिलाको हत्या गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए ।

घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको उनको भनाइ छ ।
डढेको अवस्थामा खडायतको शव मंगलबार राति नै फेला परेको र आफूहरुले प्रहरीलाई खबर गरेको शैल्यशिखर नगरपालिका–१ का वडाअध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए ।

मृतकका श्रीमानको ७–८ वर्ष पहिले निधन भएको थियो । मृतकका २ छोरी र १ छोरा छन् ।

अनुसन्धानका लागि प्रहरीले गाउँकै वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको विष्टले बताए ।