• बैशाख २३ २०८३, बुधबार

विप्लव नेतृत्वको नेकपाका प्रवक्ताको हारगुहार : गृहमन्त्रीसँग आफ्ना कार्यकर्ता जेलमुक्त गरिदिन अनुनय

जेष्ठ २५ २०७९, बुधबार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ले गृहमन्त्री बालकृष्ण खाणसँग भेटवार्ता गरेका छन् । नेकपाका कार्यकर्तालाई जेलमुक्त गरिदिन प्रवक्ता प्रकाण्डले गृहमन्त्री खाणसँग भेटवार्ता गरेका हुन् ।

आज (बुधबार) गृह मन्त्रालयमा गृहमन्त्री खाण र नेकपाका प्रवक्ता प्रकाण्डबी भेटवार्ता भएको छ । वार्तामा प्रवक्ता प्रकाण्डले विभिन्न बहानामा जेलमा रहेका आफ्ना पार्टीका कार्यकर्ताको बिनाशर्त रिहाइ र लगाइएका झुट्टा मुद्दा फिर्ता लिन माग गरेका छन् ।

नेकपाका जेलमा रहेका कार्यकर्ताको कानुन बमोजिम रिहाइ र मुद्दा फिर्ता लिने प्रक्रिया महान्यायाधिवक्ताको कार्यालयमार्फत सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

उनीहरुको रिहाइको गर्न माग गर्दै नेकपाका नेताहरुले प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन दलका शीर्ष नेताहरुसँग पटकपटक भेटवार्ता गर्दै आएका छन् । अझै देशैभर विप्लव नेकपाका १२० जना कार्यकर्ता जेलमै छन् ।