काठमाडौं । नेकपा एमाले निकट युवा संघले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट राख्नेविरुद्ध मंगलबार विराेध प्रदर्शन गरेका छन् ।
काठमाडौंको नयाँ बानेश्वरमा मंगलबार दिउँसो युवा संघले प्रदर्शन गरेको थिए । सरकारले जनतालाई इम्बोस्ड नम्बर प्लेटका लागि एक महिने अल्टिमेटम दिएको भन्दै प्रदर्शनकारीले आक्रोश पाेखेका हुन् ।
इम्बोस्ड नम्बर प्लेटका नाममा सरकारले सर्वसाधारणबाट चर्को शुल्क असुलेको भन्दै यातायात व्यवस्था विभाग अगाडि प्रदर्शन गरेका छन्।