• बैशाख २८ २०८३, सोमबार

बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प

जेष्ठ २४ २०७९, मंगलवार

बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सोमबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।