• बैशाख २३ २०८३, बुधबार

कस्लाई मन्त्री बनाउने भन्ने कुरा हाम्रो पार्टीको आन्तरिक कुरा हो : नेता खनाल

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा भएको बताएका छन् ।

मन्त्री हेरफेर गर्ने पार्टीको निर्णय थमौती भएपछि संसद भवन बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै खनालले त्यो अरुले गर्ने विषय नभएको टिप्पणी समेत गरे ।

‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुरा सम्बन्धित पार्टीको सार्वभौम कुरा हो,’ खनालले भने, ‘अरुले गर्ने होइन । हाम्रो पार्टीका तर्फबाट कसलाई मन्त्री बनाउने या नबनाउने भन्ने कुराको निर्णय नेकपा (एकीकृत समाजवादी)ले गर्छ, यो धर्तीका अरु कुनै तागतले गर्ने कुरा होइन त्यो ।’

६ महिनापछि मन्त्री हेरफेर गर्ने निर्णय पहिले नै भएको भन्दै खनालले त्यसै अनुसार कमिटीबाट निर्णय भएको बताए ।

‘हामीले पहिले नै सहमती त्यस्तै गरेका थियौँ । ६ महिनासम्म एउटा टिमलाई दिने । त्यसपछाडि अर्को टिम पठाउने भन्ने सुरुकै हाम्रो सहमति हो । त्यही अनुसार हामीले गरेको हो । हामीले पार्टीको कमिटीमा सल्लाह गर्ने हो । कमिटीले निर्णय गर्छ,’ उनले भने ।