• बैशाख २३ २०८३, बुधबार

यी हुन् एकीकृत समाजवादीबाट सिफारिस भएका नयाँ मन्त्रीहरू, शपथ ग्रहण कहिले हुन्छ ?

जेष्ठ २३ २०७९, सोमबार

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)बाट सिफारिस भएका नयाँ मन्त्रीहरुको सथप ग्रहणको तयारी भएको छ ।

मन्त्री पदमा सिफारिस भएकाहरुलाई आज (सोमबार) शपथ ग्रहण गराउने तयारी भएको हो ।

शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने तयारी भएको बताइएको छ । शपथ ग्रहणको समय निश्चित भइसकेको छैन ।

एकीकृत समाजवादीले मन्त्रिपरिषदमा आफ्नो भागमा रहेका पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर पेरी पाँचजना नयाँलाई पठाउने निर्णय गरेको छ ।

नयाँ मन्त्रीहरुमा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हिरा केसी छन् ।

यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रम, रोजगार तथा सामाजिक सुरक्षामा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । उनीहरु सबैलाई फिर्ता बोलाइएको छ ।