• बैशाख २३ २०८३, बुधबार

पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि कसले सोच्ने वातावरणको बारेमा ? : ओली

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले वातावरण संरक्षणबारे ध्यान नदिएको आरोप लगाएका छन् ।

विश्व वातावरण दिवसको अवसरमा अखिल नेपाल महिला संघले आइतबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिलेको सरकारले वातावरणमा नसोचेको बताए । पृथ्वीको वातावरण बिग्रिएको भएपनि जीवनको अस्तित्व रहनेगरि मात्रै बिग्रिएकाले यसमा खुसी हुनुपर्ने बताए ।

उनले भने, ‘मानव र जीवजन्तुको अस्तित्व रहन बाँच्न लायक वातावरण छ, प्रकृतिले वेला वेला आफनै क्षमताले सुद्धिकरण गरिरहेको छ ।’

ओलीले भने, ‘हामी सरकारबाट हटेपछि कसले सोच्ने वातावरणको बारेमा । पैसाबाहेक अरु नसोच्नेहरुका हातमा सरकार पुगेपछि के को वातावरण ? त्यो सबै टुंगियो कुरा । त्यसकारण अहिले यी सब कुराहरुतिर सरकारका मान्छेहरुलाई थाहा छैन । केही रुचि छ कि छैन, ज्ञान छ कि छैन । उहाँहरु हेर्नु हुन्छ कि हुन्न ? मैले देखेको के हो भने–व्यूरोक्र्याटसले ड्राफ्ट गरिदिएका फरमेट भित्रका स्टेटमेन्ट वाचन गरिदिने सम्मको खालको स्थिति बनेको देख्छु । त्यसबाट हामीले अलिमाथि उठ्न जरुरी छ ।’