• बैशाख २३ २०८३, बुधबार

नेकपा एसबाट मन्त्री हेरफेर: सहरीमा मेटमणी,पर्यटनमा जीवनराम

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आफ्ना मन्त्रीलाई फिर्ता पठाएर नयाँ मन्त्रीको नाम सिफारिससमेत गरिसकेको छ ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए ।

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाउने भएको छ भने मेटमणी चौधरीले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा भने हिरा केसीलाई सिफारिस गरिएको छ ।