• बैशाख २३ २०८३, बुधबार

नेकपा एसबाट चर्चित मन्त्री आले र झाँक्री सहित यी मन्त्री फिर्ता हुँदै

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा रहेका आफ्ना सबै मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ ।

नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि नै निर्णय कार्यान्वयन गर्ने तयारी छ ।

पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।

नेकपा एसले सरकारमा पठाउने नयाँ मन्त्रीहरूको नाम भने सार्वजनिक गरिसकेको छैन ।