• बैशाख २३ २०८३, बुधबार

एमालेभित्र डिजास्टर : ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाहीको डण्डा, पार्टीभित्रै चौतर्फी आलोचना

जेष्ठ २२ २०७९, आईतवार

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै नेता घनश्याम भुसाललाई कारबाही हुने भएको छ । एक टेलिभिजनमा अन्तर्वार्ताको क्रममा भुसालले ओलीको आलोचना गरेपछि कारबाही हुने भएको हो ।

एमालेका नेता घनश्याम भुसालमाथि अनुशासनको कारवाही हुने भएको छ । कारबाही गर्ने जिम्मा ओलीले अनुशासन आयोगलाई दिएका थिए । तर, विधानअनुसार आयोगले उनीमाथि सोझै कारवाही गर्न नमिल्ने भएपछि आयोगले पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ ।

सार्वजनिक रूपमै अध्यक्ष ओलीको आलोचना गरेको भन्दै भुसालमाथि कारबाही गर्न बुधबार केशव बडालको अध्यक्षतामा केन्द्रीय अनुशासन आयोगको बैठक बसेको थियो ।

उक्त बैठकले सोझै कारवाही गर्ने तयारी गरेको थाहा पाएपछि एमालेकै केही नेताहरूले चौतर्फी आलोचना गरेका थिए ।

अनुशासन आयोगका अध्यक्ष केशव बडालले पनि भुसालमाथि कारबाहीका लागि पत्र लेखिसकेको बताए ।