• बैशाख २३ २०८३, बुधबार

भर्खर निर्वाचित भएका वीरगञ्जका मेयरले केन्द्र सरकारलाई लगाए यति कडा आरोप

जेष्ठ २१ २०७९, शनिबार

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जको विकासमा संघीय सरकारले सौतेनी व्यवहार गरेको आरोप लगाएका छन् ।

वीरगञ्जमा शनिवार भएको उद्योग वाणिज्य संघको ४६औं साधारणसभामा बोल्दै उनले केन्द्र सरकारले अघिल्लो वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ५ करोड बजेट कम पठाएको बताए ।

उनले वीरगञ्जबाट केन्द्रले धेरै राजश्व लिएर जाने तर बजेट भने कम दिएकोमा अचम्म लागेको बताए । उनले सो व्यवहारमा परिवर्तन आउनुपर्ने बताए । साथै सिंहले वीरगञ्जमा चिनी कारखाना रहेको, कृषि औजार कारखाना रहेकोले त्यसलाई चालू गर्न आग्रह गर्दै वीरगञ्जका युवाहरुलाई रोजगारी दिन अर्थमन्त्रीलाई आग्रह गरे ।

उनले एकजना सांसदले वीरगञ्जमा चिनी मिल चल्यो भने आफ्नो घर नै पास गरेर दिने चुनौती दिएको बताउँदै वीरगञ्जका उद्योगी व्यापारीलाई मिल चलाउनका लागि आग्रह गरे ।

वीरगञ्जमा औद्योगिक करिडोरहरु रहेपनि उद्योग सञ्चालनका लागि सहयोग नगरि सरकारले राजस्व उठाउने काम मात्र गरेको आरोप लगाए ।