काठमाडौं । नायक पल शाह विरुद्ध उच्च अदालत पोखराले थुनामै राख्ने आदेश जारी गरेपछि रिहाइको माग गर्दै आन्दोलन सुरु भएको छ।
‘हाम्रो टिम नेपाल’ ले माइतीघरमा जबरजस्ती करणी आरोपमा थुनामा रहेका नायक पल शाहको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेकाे हाे।
आन्दोलनमा सहभागी युवायुवतीहरूले पुरुषमाथिको हिंसाको अन्त्य गर्न माग गर्दै शाहलाई न्याय दिनुपर्ने, पुरुष अधिकार सुनिश्चित गर्नुपर्ने, पुरुष हिंसा अन्त्य गर्नुपर्ने जस्ता नारा लेखेका प्लेकार्ड बोकेर आन्दोलन गरेका छ ।