• बैशाख २८ २०८३, सोमबार

मन भारी बनाउँदै झलनाथले गरे एकै परिवारका ७ जनालाई अन्तिम विदाई !

जेष्ठ १९ २०७९, बिहीबार

काठमाडौं । तारा एयर दुर्घटनामा ज्यान गुमाएका एकै परिवारका सात जनाको बिहीबार अन्तिम संस्कार गरिएको छ ।

गत आइतबार पोखराबाट जोमसोम जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।

शवको पोस्टमार्टम् सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो ।

स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।