काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन गर्ने चर्चा चलेको छ । यो चर्चासँगै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफर आएको छ ।
उनले अहिले भएको कांग्रेससहितको पाँचदलीय गठबन्धन संसदीय चुनावसम्म कायम रहने बताए । आज (विहीबार) सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारसँगको कुराकानीमा वाम गठबन्धन बनाउने भन्दै विभिन्न प्रलोभन बाँडे पनि त्यो सम्भव नभएको बताए ।
‘अहिले भएको गठबन्धन प्रदेश र संघीय निर्वाचनसम्म कायम रहन्छ,’ अध्यक्ष नेपालले भने, ‘यो गठबन्धन टुट्दैन । वाम गठबन्धन बनाउने भन्दै केही व्यक्तिहरुले विभिन्न प्रलोभन बाँडेका छन्,त्यो प्रलोभनमा पर्दैनौँ ।’
उनले एमालेसँग एकीकरण पनि सम्भव नभएको बताए ।