कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा पाँच महिनादेखि लगाएको ताला नेकपा (क्रान्तिकारी)ले तोडे पनि फेरी नेविसंघले लगाएको छ । क्रान्तिकारीको नाममा नक्कली विज्ञप्ति टाँसेर ताला तोडेको भन्दै नेविसंघले ताला लगाएको हो ।
त्रिवि उपकुलपति कार्यालयसहित पदाधिकारीहरूको कार्यकक्षमा आज (विहीबार) नेविसंघ त्रिवि समितिले ताला लगाएको छ ।
नेविसंघले पदाधिकारीलाई बर्खास्तीको माग राख्दै माघ ७ गतेदेखि निरन्तर तालाबन्दी गर्दै आएको थियो ।
तर, नेकपा (क्रान्तिकारी)ले हिजो (बुधबार) त्रिविमात्रै नभएर देशका कुनै पनि पाज्ञिक क्षेत्रमा तालाबन्दी राम्रो नभएको भन्दै ताला फुटाएको थियो ।