• बैशाख २८ २०८३, सोमबार

१४ वर्षीया किशोरीको अपहरण गरी बलात्कार, किशोरीको स्वास्थ्य अवस्था नाजुक, ६ जना युवा पक्राउ

जेष्ठ १९ २०७९, बिहीबार

कठमाडौं । कपिलवस्तुमा १४ वर्षीया एक किशोरीलाई अपहरण गरी ६ जना युवाहरूले सामूहिक बलात्कार गरेको छन् । बलत्कार आरोपमा रुपन्देहीको कंचन गाउँपालिकाबाट ६ जना युवाहरु पक्राउ परेको छन् ।

वाणगंगा नगरपालिकाकी ती युवतीलाई मंगलबार राति जबरजस्ती मोटरसाईलमा लगेर उनीहरूले सामूहिक बलात्कार गरेको खुलेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको कन्चन गाउँपालिका वडा नम्बर-५ का निरज कार्की, वडा नम्बर-४ का राहुल सिन्जाली, सोही ठाउँका सुलभ केसी, वडा नम्बर-३ का लक्ष्मण रसाइली, अमित कँडेल र गौरव थापा थापा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए ।