• बैशाख २८ २०८३, सोमबार

सुटुक्क ‘कोर्ट म्यारिज’ गरेकी गायिका कल्पना दाहालले विहे भएको अस्वीकार गरेपछि उब्जिए यस्ता प्रश्नहरु !

जेष्ठ १८ २०७९, बुधबार

काठमाडौं । चर्चित लोकदोहोरी गायिका कल्पना दाहालले ‘कोर्ट म्यारिज’ गरेकी छिन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा उनको अदालती विहे भएको हो । सोमबार विहे दर्ताका लागि अदालत पुगेकी उनले मंगलबार मात्र विहे दर्ताको प्रमाणपत्र पाएकी हुन् ।

दाहालले अमेरिका निवासी पुण्यप्रसाद आर्चायसँग विहे गरेकी हुन् । सोमबार विहेका लागि जिल्ला अदालत पुगे पनि त्यो दिन निवेदन दर्ता भएको र मंगलबार दिउँसो साढे १ बजे विहे दर्ताको प्रमाणपत्र लिएको अदालत स्रोतले जानकारी दियो ।

उनीहरुको विहेमा परिवारका सिमित सदस्य मात्र साक्षीका रुपमा गएका थिए । विहे दर्ताको प्रमाणपत्र लिएपछि बेहुला बेहुलीले काठमाडौं जिल्ला अदालतलाई पृष्ठभूमि बनाएर फोटो खिचाएर हतारहतार बाहिरिएका थिए ।

तपाईंको विहे भएछ नी ? भन्ने प्रश्नमा गायिका दाहालले भने आफ्नो विहे भएको कुरा अस्वीकार गरिन् । उनले भनिन्–‘मेरो कहाँ विहे हुनु र ? म त अहिले बानेश्वरमा चिया खाएर बसिरहेको छु ।’

उनको विहे भएको समाचार अनलाईन मिडियामा आएपछि विहे गरेकै भएपनि किन अस्वीकार गर्नु परेको होला ? भनेर प्रश्न उठ्ने गरेको छ । एकदिन थाहा हुने कुरो पनि किन लुकाउन परेको होला भनेर जिज्ञासाहरु उठेका छन् ।

गायिका दाहालले आफ्नो विहे सार्वजनिक नगरेपनि जिल्ला अदालत काठमाडौं स्रोतले भने उनको विहेको पुष्टि गरेको छ । गायिका दाहालका थुप्रै लोकदोहोरी गीतहरू चर्चित रहेका छन् ।