काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन् ।
आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रुपमा दिने काम नगरोस् ।’
देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय चुनावको नतिजासँगै कांग्रेसका कतिपय नेतामा दम्भ र अहंकार देखिएको बताएका हुन् ।