• बैशाख २३ २०८३, बुधबार

ओली निवास पुगेका बालेनको भेटघाटका तस्वीर भाइरल

जेष्ठ १७ २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाको नवनिर्वाचित मेयर बालेन शाह एक स्वतन्त्र उम्मेदवार हुन् ।

मेयरको मतगणना चल्दै गर्दा स्वतन्त्र उम्मेदवार बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेको तस्बिर सार्वजनिक भएको छ।

यस भेटबारे अहिलेसम्म दुवै पक्षले बाहिर ल्याएका थिएनन्।

भेटका क्रममा बालेनको समूहले लिएको तस्बिर मंगलबार एमालेकी सांसद शान्ता चौधरीले आफ्नो फेसबुक पेजमार्फत् सार्वजनिक गतेकी हुन् । यो तस्वीर उनको फेसबुक पेज हुँदै अहिले सबैतिर भाइरल भइरहेको छ । दुई पक्षबीच चुनावी तालमेल भएको हुन सक्ने चर्चा सुरु भएको छ।

चुनावको समयमा बालेन पक्षसँग भेट भएको दुबै पक्षले पुष्टि गरेका छन्।