काठमाडौं । सत्ता गठबन्धनका दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा स्थानीय तहको निर्वाचनपछि बसेको सो बैठकले ७७ वटै जिल्लामा हुने जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाहरुमा कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल गर्ने निर्णय गरेको छ।
बैठकले तालमेल गरेर अघि बढ्न आ-आफ्ना दलका प्रदेश र जिल्ला समितिलाई निर्देशन गर्ने निर्णय पनि गरेको छ।
बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुको उपस्थिति छ ।