• बैशाख २८ २०८३, सोमबार

हवाई दुर्घटनाको अनुसन्धान गर्न प्रचण्डको आग्रह  

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हवाई दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरेर आवश्यक सावधानी र सचेतना अपनाउन सम्बन्धित सबैमा अपिल गरेका छन् ।

प्रचण्डले आज एक विज्ञप्तिमार्फत मुस्ताङमा भएको पछिल्लो हवाई दुर्घटनाले केही गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका–२ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनामा परी निधन भएका विमान कर्मचारी र सम्पूर्ण यात्रुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रचण्डले  शोकाकुल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।