काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर असुल्ने भएको छ । आगामी आर्थिक वर्षको पहिलो महिना साउनदेखि लागू हुने गरेर आयातित पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै उक्त कर असुल गरिने छ ।
यसरी, पेट्रोलियम पदार्थमा लिइने कर भन्सार बिन्दुबाटै एकमुष्ट रूपमा संकलन गरिने छ । र, यसको भार उपभोक्ता मूल्यमा स्वतः पर्ने छ ।
यसैगरी, विदेशबाट आयात हुने पेट्रोलमा सडक मर्मत तथा सुधार दस्तुर बापत प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँ कर उठाइने छ ।
यसका साथै, नेपालभित्र बिक्री वितरण हुने पेट्रोल तथा डिजेलमा प्रति लिटर एक रुपैयाँ ५० पैसाका दरले प्रदुषण नियन्त्रण शूल्क लगाई असुल गरिनेछ ।