• बैशाख २८ २०८३, सोमबार

हिजोदेखि सम्पर्कविहीन तारा एअरको विमान आज भेटियो : नेपाली सेना

जेष्ठ १६ २०७९, सोमबार

काठमाडौं । आइतबारदेखि सम्पर्कविहीन तारा एअरको विमान भेटिएको नेपाली सेनाले जनाएको छ ।

आज (सोमबार) विमानैदेखि खोजीका लागि नेपाली सेनासहितको टोलीले हेलिकप्टरमार्फत खोजी कार्य सुरु गरेको थियो ।

मौसम प्रतिकुलताका कारण हिजो स्थगित भएको विमानको खोजी कार्य आज बिहानैबाट थालिएको थियो । खोजी कार्य सुरु गरेदेखि नै नेपाली सेनाले अनदस्पटबाट ट्वीट गर्दै जहाज भेटिएको जनाएको छ ।

यद्यपि त्यसबारे थप विवरण केही समयमै आउने ट्वीटमा जनाइएको छ ।