काठमाडाैं । वैदेशिक रोजगारीमा रहेकाहरुलाई शेयर बजारमा प्रोत्साहन गर्न सरकारले आरक्षणको व्यवस्था गरेको छ ।
आगामी आर्थक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्द्धन शर्माले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई शेयरमा १० प्रतिशतको आरक्षण प्रदान गरिने जानकारी दिए।
यस्तै धितोपत्रको दोस्रो बजारलाई प्रतिस्पर्धी बनाइने पनि मन्त्री शर्माले बताए।