काठमाडाैं । सरकारले विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि ३० अर्ब ६१ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै सो रकम विपद्पछि खोज, उद्धार तथा राहतको लागि प्रयोग गरिने बताए ।