काठमाडौं । बिहानदेखि हराइरहेको तारा एअरलाइन्सको विमानमा सवार यात्रुका आफन्तहरू पोखरा विमानस्थल पुगेका छन् । पोखराबाट जोमसोमका लागि बिहान ९ः५५ बजे उडेको तारा एअरलाइन्सको ९ एन–एइटी विमान हराइरहेको छ।
अन्तिम पटक १०ः०७ मिनेटमा जोमसोम टावरसँग सम्पर्कमा रहे पनि त्यसपछि भने विमान हराएको थियो। खोजीका लागि नेपाली सेना र प्रहरी सक्रिय छन्।