• बैशाख २८ २०८३, सोमबार

दार्चुलाको मालिकार्जुन गाउँपालिकामा शिक्षक र कर्मचारीले राजनीतिक दलको आवद्धता त्याग्नुपर्ने

जेष्ठ १५ २०७९, आईतवार

काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीतिक दलसँगको आबद्धताबाट मुक्त गराउने भएको छ ।

जेठ १३ मा बसेको गाउँ कार्यकालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आवद्धता निषेध गर्ने निर्णय गरेको हो । उनीहरुले सात दिन भित्र राजनीतिक दल त्यागेको विवरण गाउँपालिका कार्यालयमा पेश गर्नुपर्ने अध्यक्ष हिरासिंह धामीले बताए ।