• बैशाख २३ २०८३, बुधबार

हाम्रै बैशाखी टेकेर २ चोटी प्रधानमन्त्री बनेकाले ठूला कुरा गरेको सुहाउँदैन : प्रचण्ड

जेष्ठ १४ २०७९, शनिबार

काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको वैशाखीका कारण नभई सहयोगका कारणले दुई–दुई पटकसम्म केपी ओली प्रधानमन्त्री बनेको बताएका छन् ।

उनले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्दै माओवादीको वैशाखी नभई सहयोगकै कारणले ओली प्रधानमन्त्री बनेको जवाफ फर्काएका हुन् ।

यसअघि, अघिल्लो बैठकमा बोल्दै ओलीले नेकपा एमाले कसैको वैशाखी नटेक्ने बताएका थिए । त्यसको जवाफ दिँदै प्रचण्डले दुई–दुई पटक आफ्नो सहयोगमा प्रधानमन्त्री बनेका व्यक्तिले त्यस्तो कुरा गर्न नसुहाउने बताए ।

यसअघि, गरिएको बाम गठबन्धनका कारण ओलीको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार बनेकाले त्यो एमालेको सरकार नभएको प्रचण्डले प्रष्ट्याए ।