• बैशाख २८ २०८३, सोमबार

सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न पुगे मेयर बालेन

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बलेन शाह शुक्रबार काठमाडौंको फोहोर फालिने सिसडोल र बन्चरेडाँडाको ल्यान्डफिल साइट अनुगमन गर्न पुगेका छन् ।

विहान मात्रै मेयरमा निर्वाचित भएको घोषित भएका बालेन धन्यवाद र्‍यालीमा सहभागी भएलगत्तै सिसडोल र बन्चरेडाँडा पुगेका हुन् । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि गएका गाडीलाई स्थानीयबासीले कतै ढुंगाहरु राखेर अवरोध गरेका छन् भने कतै तगाराहरु राखेका छन् । ती अवरोधहरु छिचोल्दै मेयर दुर्बै डम्पिङ साइटमा पुगेका हुन् ।

उनले स्थानीयहरुसँग फोहोर व्यवस्थापनको अवस्था र उनीहरुको मागबारे छलफल पनि गरेका थिए । काठमाडौंमा करिब ३ महिनादेखि नियमित रुपमा फोहोर उठ्न सकेको छैन । स्थानीयबासीले पनि मेयर बालेनलाई सौहार्दतापूर्वाक आफ्ना मागहरु राखेका थिए ।