• बैशाख २८ २०८३, सोमबार

व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्ति पक्राउ

जेष्ठ १३ २०७९, शुक्रबार

काठमाडौं ।  प्रहरीले व्यापारीलाई धम्काएर ७ करोड माग्ने ६ जना पत्रकार र एक जना विज्ञापन एजेन्सीका व्यक्तिलाई  पक्राउ गरेको छ ।

पत्रकार सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्माले व्यापारीसँग ७ करोड डिल गरिराखेको अवस्थामा पक्राउ गरिएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्त कुँवरले बताए ।

ती व्यक्तिको भिडियो बनाएर धम्क्याउँदै रकम माग गरेको आरोप छ ।