काठमाडौं । फरार पूर्व डिआईजी रन्जन कोइराला बानेश्वरबाट पक्राउ परेका छन् ।
पत्नी हत्यामा संलग्न पूर्व डिआईजी कोइरालालाई आज शुक्रवार काठमाडौंको नयाँ बानेश्वरबाट सशस्त्र प्रहरी बलका टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए ।
बिहिबार सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपक कुमार कार्की, न्यायाधीश टंकबहादुर मोक्तान र कुमार चुडाल सम्मिलित संयुक्त इजलासले उनलाई जन्मकैदको फैसला गरेको थियो ।