काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (वालेन) भारी मत प्राप्त गरि विजयी भएका छन् ।
उनका निकटतम् प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी सिर्जना सिंहलाई २३,४२६ मतान्तरले पराजित गर्दै काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भएका हुन् ।
बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दा कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी छन् ।
त्यस्तै नेकपा (एमाले)का केशव स्थापित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै काठमाडौं महानगरको उपमेयरमा एमालेकी सुनिता ढंगोल भारी मतान्तरले विजयी भएकी छन् ।
उनले प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठलाई ४४,८०६ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।
सुनिताले ६८ हजार ६१२ मत प्राप्त गरिसकेकी छन्, भने रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।