• बैशाख २८ २०८३, सोमबार

स्थानीय तह निर्वाचन : सातै प्रदेशमा बन्यो कांग्रेस पहिलो पार्टी

जेष्ठ १२ २०७९, बिहीबार

काठमाडौं । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा देशका सातै प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । देशभरका ७ सय ५३ पालिकामध्ये ७ सय ४७ पालिकाको परिणाम आउँदासम्म कांग्रेस सातै प्रदेशमा पहिलो पार्टी बनेको हो ।

कांग्रेसले प्रदेश १ मा ६८ पालिकाको नेतृत्व जितेको छ । यस्तै मधेस प्रदेशमा ४५, बाग्मती प्रदेशमा ५८, गण्डकीमा ३६, लुम्बिनीमा ४७, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा ४० पालिकामा कांग्रेसका प्रमुख/अध्यक्ष निर्वाचित भएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले २ सय ९४ स्थानीय तहमा जित निकाल्दै पहिलो र कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख(अध्यक्षमा जित निकाल्दै दोस्रो पार्टी बनेको थियो ।