काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।
यही जेठ १८ र १९ गते काठमाडौँमा जनताको काममा अभिप्रेरित गर्न भन्दै जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
नव निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई सहभागी गराइनेछ ।