• बैशाख २८ २०८३, सोमबार

दैलेखमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु ३४ जना घाइते

जेष्ठ ११ २०७९, बुधबार

सुर्खेत । दैलेख आठविस नगरपालिका १ सिस्नेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको ना.२ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिकाको सिस्नेमा दुर्घटनामा परेको हो ।

उद्धारमा खटिएका आठवीस नगरपालिका दैलेखका पूर्व नगर प्रमुख खड्गराज उपाध्यायका अनुसार ३ जनाको मृत्यु र अन्य ३४ जना गम्भीर घाइते भएका हुन् ।

दुर्घटना भएको बस कर्णाली नदिको तिरमा छ, छतमा र बसको कोलियामा समेत मानिसहरू यात्रा गरेको भन्ने सुनेका थियौँ । बसभित्रबाट घाइतेहरू निकाल्दै छौँ । ३ जनाको मृत्यु भएको छ रातिको समय भएकोले उद्धारमा समस्या भएको खड्गराज उपाध्यायले जानकारी दिएका छन् ।