काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा पराजयको प्रमुख कारण अन्तर्घात भएको बताएका छन् ।
एमाले संसदीय दलको बैठकमा आज (बुधबार) सम्बोधन गर्दै वैशाख ३० गते भएको स्थानीय तहको चुनावी परिणाम सार्वजनिक भएपछि अध्यक्ष ओलीले पहिलो पटक प्रतिक्रिया दिएका ओलीले एमालेभित्र अन्तर्घात भएको बताएका छन् ।
काँग्रेस, माओवादी र माधवकुमार नेपालको पार्टीमा होइन यस पटक एमालेमा अन्तर्घात भएको उनले बताए ।
ओलीले सत्ता गठबन्धनले सत्ता दुरुपयोग गरेर पनि चुनावी परिणामलाई आफ्नो पक्षमा पारेको आरोप लगाए ।