• बैशाख २८ २०८३, सोमबार

धरानका मेयर हर्क राईको उद्घोष: ‘जनताको समस्या देख्न करोडको गाडी छाडेर आफ्नै साधन प्रयोग गर्छु’

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । ठुला राजनीतिक दल नेकपा (एमाले) र नेपाली काँग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राईले उपमहानगरपालिको महँगो सवारी साधन प्रयोग नगर्ने भएका छन् । उनले महँगो गाडी चढेर जनताको समस्या नदेखिने भन्दै आफूसँग भएको पुरानो मोटरसाइकल चढेर जनताको सेवा गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालबाट गाडी नचढ्ने बताएका हुन् । ‘म करोडौँ पर्ने गाडी चढेर हिँडे भने बाटोका खाल्डा र भत्केका सडक देखिँदैनन्, त्यसैले म सडकमै हिँड्न चाहन्छु, किनकि ती भत्केका खाडल पुर्नेछु, बिग्रिएका बाटो मर्मत गर्नेछु’, उनले भनेका छन्।

धरानमा सामाजिक सरोकारका विषयमा आवाज उठाउँदै आएका राईले सामाजिक सञ्जालबाटै समस्या परे फोन गर्न आफ्नो निजी नं वितरण गरेका छन् । ‘पानी नआउने, लाइन नआउने, बेथिति र अनियमितता भएको अवस्था छ, भने मलाई कल गर्नु होला ९९८१९०१२३७१ र ९७४६९६५१९८०, तपाईँको सेवक, जय धरान’, उनले भनेका छन् । उपमहानगरपालिका प्रशासन महाशाखाअन्तर्गत स्टोर विभागले प्रमुखका लागि को१ज ६४० नं को आरामदायी स्कोर्पियो तयारी अवस्थामा राखिदिएको छ ।