• मंसिर १७ २०८१, सोमबार

बेहुलाको टाउकोमा कपाल नदेखेपछि बेहुलीले मण्डपबाटै विवाह छाडिन्

जेष्ठ ११ २०७९, बुधबार

एजेन्सी । भारतको उत्तर प्रदेशमा बेहुलाको टाउकोमा कपाल नभएको भन्दै एक बेहुलीले मण्डपबाटै विवाह छाडेकी छिन् ।

मण्डपको कार्य गर्नुभन्दा अगाडि बेहुला बेहोस भएर लडेका थिए। सो क्रममा उनको टोपी झरेको थियो। यससँगै त्यहाँ उपस्थित सबैले बेहुलाको टाउकोमा कपाल नभएको देखेका थिए।  होसमा आएपछि धेरैले सम्झाउन खोजे पनि बेहुलीले विहे नगर्ने अडान लिदै मण्डप छाडेकी थिइन् ।

उत्तर प्रदेशको उन्नाओ जिल्लामा विवाहको बीचमा बेहुलाको टाउकोमा कपाल नभएको थाहा पाएपछि बेहुलीले विवाह गर्न अस्वीकार गरेकी हुन्। बेहुली पक्षले विवाह तय हुनुभन्दा पहिला नै बेहुलाको टाउकोमा कपाल नभएको कुरा लुकाइएको आरोप लगाएको छ।

यो मुद्दा स्थानीय प्रहरीकोमा पनि पुगेको थियो। तर, त्यहाँ पनि बेहुलीले आफ्नो अडान छाडिनन् र विवाह गर्न अस्वीकार गरिन्।