काठमाडौं । सरकारले राहदानी संग्रहालय स्थापना गरेको छ। सो संग्रहालयमा विसं १९५७ देखिका राहदानी राखिएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले करिब ३०० राहदानी र विभिन्न कागजातको संग्रहपछि त्रिपुरेश्वरस्थित विभागको कार्यलयमा संग्रहालय संचालनमा ल्याएको हो।
परराष्ट्रमन्त्री डा. नारायण खड्काले राहदानी सङ्ग्रहालयको मंगलबार उद्घाटन गरेका थिए । संग्रहालयमा विद्युतीय माध्यमबाट कियोस्क मेसिनको प्रयोग गरी हेर्न सकिने व्यवस्था समेत गरिएको राहदानी विभागले जनाएको छ।