• बैशाख २३ २०८३, बुधबार

अब आठ स्थानीय तहको मतपरिणाम आउन बाँकी

जेष्ठ ११ २०७९, बुधबार

काठमाडौं । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम नजिता आउनेक्रम अब अन्तिम चरणमा पुगेको छ ।

काठमाडौं महानगरसहित केही स्थानीय तहमा मतपरिणाम आउन बाँकी छ । त्यस्तै, बाजुराको बुढीगंगा गाउँपालिकामा पुनः मतदान गर्ने कि मतगणना गर्ने बारे निर्णय हुन सकेको छैन ।

अन्य ७ स्थानीय तहमा भने गणना भइरहेको छ । गणना भइरहेको विवरण आउनेक्रम जारी रहेको छ ।

यी हुन बाँकी स्थानीय तह
१. उदयपुर–त्रियुगा नगरपालिका,
२. रौतहट–गरुडा नगरपालिका,
३. रौतहट–फतुवा विजयपुर नगरपालिका,
४. काठमाडौं महानगरपालिका,
५. दाङ–तुल्सीपुर उपमहानगरपालिका,
६. कपिलवस्तु–महाराजगन्ज नगरपालिका,
७. रुपन्देही–तिलोत्तमा नगरपालिका,
८. बाजुरा–बुढीगंगा नगरपालिका,