• बैशाख २८ २०८३, सोमबार

उत्पादनमूलक उद्योगलाई विजुलीमा सहुलियत दिइने

जेष्ठ १० २०७९, मंगलवार

सरकारले आगामी आर्थिक वर्षदेखि उत्पादनमूलक उद्योगलाई बिजुलीमा सहुलियत दिने घोषणा गरेको छ ।

सरकारले नीति तथा कार्यक्रममार्फत् उत्पादनमूलक उद्योगलाई बिजुलीमा अनुदानको व्यवस्था गर्ने जानकारी दिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योगलाई औषतमा बाह्य व्यापारभन्दा बढी मूल्य नहुने गरेर सहुलियत दिने बताइन् ।

हाल नेपालमा बिजुलीको मूल्य धेरै भइरहेको गुनासो आइरहेको समयमा विद्युत प्राधिकरणले भारतलाई सस्तोदरमा बिजुली बेचिरहेको छ ।

उद्योगीहरूले सोहीदरमा बिजुली पाउनुपर्ने माग गरेपछि सरकारले उद्योगीलाई भारतमा बेच्ने मूल्यभन्दा बढी नपर्नेगरी सहुलियत दिने निर्णय गरेको हो ।