काठमाडौं । काठमाडौंको चावहिल स्थित सेन्ट लरेन्स स्कुलका छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक नेकपा एमालेको नेता गोकुल बास्कोटाका सल्लाहकार भएको खुलेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका घर भएका विद्यालयका संयोजक जनार्दन अधिकारी पूर्व सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाको विज्ञ सल्लाहाकार हुन् । बाँस्कोटा सूचना तथा सञ्चारमन्त्री हुदाँ उनलाई मिडिया विश्लेषक भनी नियुक्ति गरिएको थियो । शिक्षक अधिकारीले विद्यार्थीलाई २ महिनादेखि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ ।
ती विद्यार्थीलाई मिनिस्कर्ट लगाको कस्तो सेक्सी देखिएको भन्दै सामाजिक सञ्जालमा म्यासेज पठाउने साथै ‘आफ्नो इच्छा पूरा गरिदिए कलेजको सबै फि छुट गरिदिन्छु’ भन्ने गरेको खुलेको छ ।
विद्यालयको ‘कोअर्डिनेटर’ भएकाले आफूले सबै शूल्क छुट गरिदिन सक्ने भन्दै छात्रालाई पटक पटक दुर्व्यवहार गरेपछि घटना सार्वजनिक भएको हो । आफ्नो साथीलाई शिक्षकले दुर्व्यवहार गरेको कुरा थाहा पाएपछि कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले कारबाहीको माग गर्दै काठमाडौंको गौशाला प्रहरी वृत्तअगाडि प्रदर्शन गरेका छन् ।