काठमाडौं । छात्रामाथि दुर्व्यवहारको आरोपमा काठमाडौंको सेन्ट लरेन्स कलेजका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गौशालामा उनलाई लगिएको छ ।
विद्यार्थीले कलेज परिसरमै प्रदर्शन गरेपछि आरोपी शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको हो । आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै कक्षा ११ की छात्रामाथि दुर्व्यवहार गरेको पीडित विद्यार्थीको आरोप छ ।