• बैशाख २३ २०८३, बुधबार

बालेन जित उन्मुख : फराकिलो मतान्तर कायमै, सिर्जना सिंहभन्दा केशव स्थापित ८ सय मतले पछाडि

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका प्रत्यासी स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् । १ लाख ४६ हजार ३ सय ३८ मतगणना हुँदा बालेनले ४८ हजार ९ सय २२ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वीहरुलाई झन्डै २० हजार मतान्तरले पछि पारेका छन् । नेपाली कांग्रेसका सिर्जना सिंहले ३० हजार २५ मत हासिल गरेकी छिन् । बालेनसँग उनको मतान्तर १८ हजार ८ सय ९७ रहेको छ ।

त्यसैगरी नेकपा (एमाले)का केशव स्थापितले २९ हजार १ सय ५९ मत ल्याएका छन् । स्थापितको बालेनसँगको मतान्तर १९ हजार ७ सय ६३ रहेको छ । सिर्जना सिंह र केशव केशव स्थापितको मतान्तर ८६६ छ ।