• बैशाख २३ २०८३, बुधबार

भरतपुर महानगरमा रेणु दाहाल १२ हजार बढी मतान्तरले विजयी

जेष्ठ १० २०७९, मंगलवार

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनका साझा तथा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल विजयी भएकी छन् । उपमेयरमा पनि गठबन्धन तथा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

रेणुले ५१ हजार ६६६ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिस्पर्धी तथा नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याएका छन् । राप्रपा उमेदवार हिमला गुरुङले भने ३० हजार ४७७ मत ल्याएकी छन् ।