• बैशाख २३ २०८३, बुधबार

निर्वाचनको परिणाम सन्तोषजनक: कांग्रेस प्रवक्ता महत

जेष्ठ ९ २०७९, सोमबार

काठमाडौं ।  नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम संतोषजनक रहेको बताएका छन् ।

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले निर्वाचनमा कांग्रेसले धेरै ठूलो सफलता हासिल गरेको दाबी गरेका छन् ।

‘समग्रमा यो निर्वाचनको परिणामलाई सन्तोषजनक रुपमा लिएका छौं । नेपाली कांग्रेस आफैले पनि यो निर्वाचनमा धेरै ठूलो सफलता हासिल गरेको छ,’ प्रवक्ता महतले भने, ‘तालमेलसहित निर्वाचनको परिणाम हेर्ने हो भने सहयोगी दलहरुले पनि उल्लेख्य सफलता हासिल गरेको महसुस गरेका छौ ।’