• बैशाख २८ २०८३, सोमबार

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन

जेष्ठ ९ २०७९, सोमबार

भक्तपुर । पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ ।

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा गर्दै साझ कमलविनायकबाट विरोध जुलुस निकालेको हो ।

जुलुस भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको थियो । कमलविनायकबाट जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुस कमलविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो । त्यहाँबाट पुनः गहिटी, राममन्दिर हुँदै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका थिए