काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो मतान्तर कायमै छ ।
अद्यावधिक पछिल्लो मतपरिणाम अनुसार बालेनले ४३ हजार ३८२ मत प्राप्त गरेका छन् ।
गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ७७७ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५०५ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।