काठमाडौं । झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् ।
नेपाली कांग्रेसकी उमेदवार फूलवती राजवंशीले ५ हजार ६८९ मत प्राप्त गरि अध्यक्षमा निर्वाचित भएकी छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार विजयकुमार अग्रवालले ३ हजार ३३० मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उपाध्यक्षमा एमालेका उमेदवार पूजन न्यौपाने विजयी भएकी छन् । उनले ४ हजार ७५५ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मखना महतोले तीन हजार ७९५ मत प्राप्त गरिन् ।